शिक्षकको कुटाईबाट विद्यार्थी बेहोस
जाजरकोट | फागुन ७, २०७९
जाजरकोट: जिल्लाको शिवालय गाउँपालिकाको एक सरकारी विद्यालयका शिक्षकले विद्यार्थीलाई कुटपिट गरेपछि विद्यार्थी बेहोस भएका छन् ।
गाउँपालिका–१ स्याप्रीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक दीपक खत्रीले कक्षा ९ मा अध्ययनरत जानकी विकलाई कुटपिट गर्नुभएको हो । शिक्षक खत्रीको कुटपिटबाट विक बेहोस हुनुभएको हो ।
साथीहरू सँग झगडा गरेको विषयलाई लिएर शिक्षकले छोरीलाई बेहोस हुने गरी कुटेको जानकीका बुवा वीरबहादुर लुहारको भनाइ छ ।
उहाँका अनुसार शिक्षकले कुटपिट गरेपछि स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि बाँकेको नेपालगञ्जमा रहेको नर्सिङ्ग होममा उपचार भइरहेको छ ।
विद्यार्थी पिट्ने शिक्षक नचाहिने भन्दै विद्यार्थी तथा अभिभावकहरूले तत्काल विद्यालयबाट हटाउनु पर्ने माग राखेका छन् । शिक्षक खत्रीले विद्यालयमा गणित र विज्ञान विषय पठाउँदै आउनुभएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

